Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

डिप्रोक्स लघुवित्तको नाफा उल्लेख्य वृद्धि, लाभांश क्षमता २४ प्रतिशत

डिप्रोक्स लघुवित्तको नाफा उल्लेख्य वृद्धि, लाभांश क्षमता २४ प्रतिशत

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा डिप्राेक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा अघिल्लाे आर्थिक वर्षकाे तुलनामा उल्लेख्य बढेकाे छ । संस्थाले सार्वजनिक भएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसारगत आर्थिक वर्ष डिप्राेक्स लघुवित्तकाे खुद नाफा ३३१.९१ प्रतिशतले बढेकाे छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्ष लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपेयाँ ४१ पैसा बढेर ३४ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २४.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ८० पैसा रहेको छ।

यस्तै समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २१.१८ प्रतिशत बढेको छ।

त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी २२.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४१.६२ प्रतिशत बढेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ।१ अर्ब ७० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x