३ वर्ष यताकै उच्च बिन्दुमा नेप्से, ३० अर्बको कारोबार
काठमाडाैं, ३१ साउन । साताकाे अन्तिम काराेबार दिन सेयर काराेबार मापक नेप्सेले ३ हजारकाे बिन्दु पार गरेकाे छ । आज नेप्से परसिूचक ४३ दशमलव ०५ अंकले बढ्दा ३ हजार दशमलव ८१ विन्दुमा पुगेकाे छ ।
याे हालसम्मकै उच्च बिन्दु हाे । यसअघि २०७८ भदौ १३ गते नेप्से परिसूचक ३०४५ विन्दुमा थियो।
यस्तै आज कारोबार रकममा पनि नयाँ किर्तिमान कायम भएकाे छ । आज ६ करोड ८९ लाख ८ हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रूपैयाँमा कारोबार भएको छ ।
हिजो ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यसदिन १०५ कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १३७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै १ वटाकाे स्थिर छ ।
आज बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी लिमिटेड को सेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स लिमिटेडकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।