Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

३ वर्ष यताकै उच्च बिन्दुमा नेप्से, ३० अर्बको कारोबार

३ वर्ष यताकै उच्च बिन्दुमा नेप्से, ३० अर्बको कारोबार

काठमाडाैं, ३१ साउन । साताकाे अन्तिम काराेबार दिन सेयर काराेबार मापक नेप्सेले ३ हजारकाे बिन्दु पार गरेकाे छ । आज नेप्से परसिूचक ४३ दशमलव ०५ अंकले बढ्दा ३ हजार दशमलव ८१ विन्दुमा पुगेकाे छ ।

याे हालसम्मकै उच्च बिन्दु हाे । यसअघि २०७८ भदौ १३ गते नेप्से परिसूचक ३०४५ विन्दुमा थियो।

यस्तै आज कारोबार रकममा पनि नयाँ किर्तिमान कायम भएकाे छ  । आज ६ करोड ८९ लाख ८ हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रूपैयाँमा कारोबार भएको छ ।

हिजो ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार  रूपैयाँमा कारोबार भएको थियो ।

यसदिन १०५ कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १३७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै १ वटाकाे स्थिर छ ।

आज बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी लिमिटेड को सेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स लिमिटेडकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x