Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

पेट्रोलको मूल्य लिटरमा ५ र डिजलको ३ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य लिटरमा ५ र डिजलको ३ रुपैयाँले घट्यो

काठमाडाैं, ३२ साउन । शुक्रबारदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको जनाएकाे छ । खाना पकाउने ग्यासको मुल्य भने यथावत रहेको छ ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ।

अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x