Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति, बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा

बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति, बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा

काठमाडाैं, ४ भदाै । नेपालले द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५।८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।

प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।अब १० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५।८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने छ ।

गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा छ । अब नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको हाे ।

नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x