Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

साउनमा ४ अर्ब १९ करोड रुपैयाँको बिजुली भारत निर्यात

साउनमा ४ अर्ब १९ करोड रुपैयाँको बिजुली भारत निर्यात

काठमाडाैं, ११ भदौ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको हाे ।

प्राधिकरणका अनुसार साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।  साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ ।

साउनदेखि निर्यात गरिएको विद्युत्‌को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको छ ।

केही दिनअघि द्विपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २ सय ५१ मेगावाट बिजुली निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई थप दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित १ सय २५ दशमलव ८९ मेगावाट बिजुली बिक्री गरिने छ ।

अहिले दुई वटा आयोजनाबाट उत्पादित १ सय ९ दशमलव ६१ मेगावाट बिजुली हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x