Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतबाट खर्ब ३ अर्ब ४५ करोड

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतबाट खर्ब ३ अर्ब ४५ करोड

काठमाडाैं, १४ भदाै ।आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९५ अर्ब ५० करोड कायम भएकाे छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव आठ प्रतिशत, सञ्चिति ३३ दशमलव सात प्रतिशत र कर्जाको अंश १३ दशमलव पाँच प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी छ। जसमध्ये, भारतबाट सबैभन्दा बढी रु १ खर्ब ३ अर्ब ४५ करोड (३५ प्रतिशत) रहेकाे छ ।

यस्तै त्यसपछि क्रमशः चीनबाट रु ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट रु २२ अर्ब ६२ करोड (७.७प्रतिशत), अष्ट्रेलियाबाट रु १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट रु १८ अर्ब ८१ करोड (६ .४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव ७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४० दशमलव दुई प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव चार प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ। कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा छ।

प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x