Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

उच्च बिन्दुबाट सामान्य घट्याे सुनकाे मूल्य

उच्च बिन्दुबाट सामान्य घट्याे सुनकाे मूल्य

काठमाडाैं, १ असाेज  । साेमबार ताेलामा ५०० रूपैयाँले बढेर उच्च बिन्दुमा पुगेकाे सुनकाे मूल्य मंगलबार सामान्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा निर्धारण गरिएको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा काराेबार भएको चाँदी आज एक हजार ९ सय ५ रुपैयाँ निर्धारण भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x