Date

शनि, अशोज ५, २०८१
Sat, September 21, 2024

३६ औं एसिक सम्मेलन सुरु

३६ औं एसिक सम्मेलन सुरु

काठमाडौं, ५ असोज । एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरूको भेला एसिक सम्मेलन नेपालमा सुरु भएको छ ।

३६ औं एसिक सम्मेलन ३० वर्षपछि नेपालमा आयोजना गरिएको हो । काठमाडौंमा भएको एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलनमा ती देशका सरकारी निकायका प्रतिनिधीहरु पनि सहभागी भएका छन् ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायहरूले आ–आफ्ना देशको अनुभवसहित सरोकारवालाबीच छलफल गर्ने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए ।

यसपटक नवप्रवर्तनको विषयलाई सम्मेलनमा प्राथमिकतामा राखिएको उनको भनाइ रहेको छ ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालमा रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x