Date

शनि, अशोज ५, २०८१
Sat, September 21, 2024

फुडमान्डुले ल्यायो दसैँको अवसरमा ‘बडा धमाका’ अफर

फुडमान्डुले ल्यायो दसैँको अवसरमा ‘बडा धमाका’ अफर

काठमाडौं, ५ असोज । नेपालको फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हप्ता चल्ने फुडमान्डु डबल धमाका क्याम्पेनले यस वर्षको बडा दसैँ झनै धमाकेदार हुने कम्पनीले बताएको छ ।

बडा धमाका क्याम्पेनअन्तर्गत ग्राहकले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले ग्राहकका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने फुटमान्डुको लक्ष्य रहेको बताइन् । “हामीले फुडमान्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौँ । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहककोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ,” फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर भट्टराईले बताइन् ।

बडा धमाका क्याम्पेन असोज ३ देखि २३ गतेसम्म चल्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x