Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल–बंगलादेश व्यापार : २ महिनामै ५८ करोडको व्यापार घाटा

नेपाल–बंगलादेश व्यापार : २ महिनामै ५८ करोडको व्यापार घाटा

काठमाडौं, ४ असोज । चालू आर्थिक वर्षको शुरुआतदेखि नै नेपालले बंगलादेशसँगको व्यापारमा उच्च घाटा बहोरेको छ । विगत दुई महीनामा नेपाल र बंगलादेशबीच ७५ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार पूर्वी नाका काँकडभिट्टाबाट भएको छ । सो अवधिमा रु. आठ करोड ९९ लाख २० हजार बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ भने ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान आयात भएको छ, जसअनुसार नेपालले ५७ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।

नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमाकार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा रु. सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ ।

गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी रु. ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x