Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

काठमाडाैं, १६ असाेज । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्दा विश्व बैंकले भने उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धि बढ्ने जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो ।

नेपालको अर्थतन्त्र सन् २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

यद्यपि वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिम पनि विश्व बैंकले औँल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x