११४ अंकले बढ्याे नेप्से, ७ अर्ब ६१ कराेडकाे काराेबार
काठमाडाैं, १५ असाेज । साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ११४ दशमलव ७० अंकले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज ४.५७ प्रतिशतले बढ्दा दुई हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ ।
आज सबै उपसमुह बढेकोमा वित्त ९.७४ लगानी ६.१०, जलविद्युत ५.९८, होटल र पर्यटन ५.९७ र विकास बैंक उपसमुह ५.४८ प्रतिशले बढेका छन् ।
आज बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स लगायत १८ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज शेयर कारोबार रकम पनि बढेको छ । हिजो तीन सय १९ वटा कम्पनीका ९७ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएकोमा यसदिन ७ अर्ब ६१ कराेड ६५ लाख २२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।