Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

बैंकिङ प्रणालीमा फालाफाल तरलता, १ खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा फालाफाल तरलता, १ खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौं, १ कार्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक १ गते बिहीबार वित्तीय प्रणालीबाट १ खर्ब रुपैयाँ उठाउँदैछ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम प्रणालीबाट झिक्न लागेको हो ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले बिहीबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ।घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोल–कबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x