Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

सेयर बजारमा ४३.२२ अंककाे वृद्धि, ५ अर्ब ६६ करोडकाे काराेबार

सेयर बजारमा ४३.२२ अंककाे वृद्धि, ५ अर्ब ६६ करोडकाे काराेबार

काठमाडौं, ३० असोज । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २७ सय ४२.८८ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको छ।

बजारमा आज २४४ कम्पनीको कारोबार भएकोमा २०६ कम्पनीको सेयर मूल्य बढेको छ । ३५ कम्पनीको मूल्य घट्दा तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज बढेको बजारमा अपर स्याङ्जा हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने विजय लघुवित्त र इष्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x