Date

बिहि, पुस ११, २०८१
Thu, December 26, 2024

११ अंकले घट्याे नेप्से परिसूचक, सात अर्ब माथिकाे काराेबार

११ अंकले घट्याे नेप्से परिसूचक, सात अर्ब माथिकाे काराेबार

काठमाडाैं, २७ कार्तिक । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से ११ दशमलव २४ अंकले घटेर २७ सय ४८ दशमलव ९६ को विन्दुमा झरेको छ ।

आज १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई करोड ४५ लाख कित्ता शेयर ११ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको थियो ।

नेप्से घटेपनि आज गुराँस लघुवित्त वित्तीय संस्था र मेन्छियाम हाइड्रोपावरको शेयर १० /१० प्रतिशतले बढेकाे छ भने बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । यस्तै गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x