Date

बिहि, पुस ४, २०८१
Thu, December 19, 2024

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

काठमाडाैं, २६ मंसिर । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएका छन् ।

कम्पनीकाे बुधबार (२०६१।०८।२६ गते) बसेको संचालक समितिको ४५ औं बैठकको निर्णयबाट प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी कमल गौतम ज्यूलाई नियुक्त गरिएको हाे ।

विगत तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्व विद्यालयबाट एमबीए सम्मको अध्ययन पुरा गरेका छन् । उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिम वर्कमा विश्वास गर्छन् । प्रमुख कार्यकारी अधिकृतमा गाैतमकाे नियुक्ति सँगै कम्पनी थप उचाईमा पुग्ने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x