Date

बिहि, पुस ४, २०८१
Thu, December 19, 2024

नेपालमा किशोरीहरूको सशक्तिकरणका लागि सेफ गर्ल्स परियोजना २०२८ सम्म कार्यान्वयनमा

नेपालमा किशोरीहरूको सशक्तिकरणका लागि सेफ गर्ल्स  परियोजना २०२८ सम्म कार्यान्वयनमा

काठमाडाैं, २६ मंसिर । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) को आर्थिक तथा युएनएफपीएको प्राबिधिक सहयोगमा  मधेश प्रदेशमा सेफ गर्ल्स परियोजना शुभारम्भ भएको छ न्। यस परियोजनाका लागि कोइकाले ६६ लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराउने छ।

यसमध्ये २२ लाख अमेरिकी डलर मधेश प्रदेशमा किशोरीहरूलाई हानिकारक अभ्यासहरू र लैंगिक हिंसाबाट जोगाउन, उनीहरूको सामाजिक सञ्जाल निर्माण गर्न सहयोग पुर्‍याउन, र डिजिटल प्रबिधिको प्रयोग गर्दै सुरक्षित स्थानहरू उपलब्ध गराउने छ। साथै, यो परियोजनाले विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म बृहत यौनिकता शिक्षाको पहुँच पुर्‍याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पुर्‍याउनेछ।

यस परियोजनाले संघीय तथा प्रदेशका मुख्य सरोकारवाला मन्त्रालय  र स्थानीय तहका सरोकार निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नेछ। सुभारम्भ कार्यक्रममा कोरियाका लागि कोइकाका राष्ट्रिय निर्देशक श्री मुहेओन कङ र नेपालका लागि युएनएफपीएकी प्रतिनिधि वोन यङ हङको उपस्थिति रहेको थियो।

कोइका का निर्देशक श्री मुहेओन कङले कार्यक्रममा नेपालको विकास यात्रामा कोरिया र नेपालको साझेदारीको महत्वलाई जोड दिनुभयो। उहाँले भन्नुभयो, “यो वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्धका ५० वर्ष पूरा भएको ऐतिहासिक अवसर हो। यो अवधिमा हाम्रा देशहरूले आपसी सम्मान, सहकार्य र विकासका लागि साझा प्रतिबद्धतामा आधारित बलियो सम्बन्ध निर्माण गरेका छन्। यो परियोजनाले लैंगिक समानतामा लगानीको गति तीव्र पार्दै दिगो सामाजिक र आर्थिक परिवर्तन सुनिश्चित गर्न थप योगदान पुर्‍याउनेछ।”

युएनएफपीए नेपालकी प्रतिनिधि वोन यङ हङले भन्नुभयो, “यो साझेदारी विभिन्न तहमा परिवर्तनको उत्प्रेरक बन्न सक्छ। नेपाल सरकारले हासिल गरेका बलियो उपलब्धिहरूलाई अघि बढाउँदै, संघीय, प्रदेश र स्थानीय सरकारको नेतृत्वमा  किशोरी र युवती रूलाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्ने यो परियोजनाको महत्त्वपूर्ण अवसर हो।”

उहाँले थप्दै भन्नुभयो, “यो परियोजनाले मधेश प्रदेशका किशोरीहरूका लागि मात्र होइन, समग्र नेपालका लागि रूपान्तरणकारी परिवर्तन ल्याउने सम्भावना बोकेको छ। यसले किशोरीहरूको सशक्तिकरणका रणनीतिहरू विकास गर्न र तिनलाई अन्य क्षेत्रमा विस्तार गर्न प्रेरणा दिनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सशक्त किशोरीहरूले रूपान्तरणकारी परिवर्तनका लागि पुर्‍याउन सक्ने योगदानको कुनै सिमा हुँदैन।”

मधेश प्रदेश, खेलकुद तथा सामाजिक कल्याण मन्त्री प्रदीप जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा माननीय रानी कुमारी तिवारी, शिक्षा तथा संस्कृती मन्त्री,माननीय राज कुमार लेखी, गृह, सञ्चार तथा कानून, मन्त्री, श्री सत्रुधन प्रसाद सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रदेश नीति तथा योजनाका आयोगका माननीय सदस्यहरूको  उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा सबै मन्त्रीहरू र सरकारी अधिकारीहरूले परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। किशोरी र युवती लाई हानिकारक अभ्यास र लैंगिक हिंसाबाट मुक्त गराउँदै उनीहरूको सशक्तिकरणका लागि सहयोग पुर्‍याउनुपर्ने महत्त्वलाई उनीहरूले जोड दिए।

परियोजनाको सफलताका लागि आफ्नो साथ र सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गर्दै, किशोरीहरूको वृद्धि र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। सबै अतिथी बक्ताहरुले परियोजनाको सफलताको शुभकामना व्यक्त गर्दै यसले केवल मधेश प्रदेशका लागि मात्र नभई सम्पूर्ण देशका लागि लैंगिक समानता र सामाजिक न्याय प्रवर्द्धन गर्न रूपान्तरणकारी पहल बन्ने विश्वास व्यक्त गरे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x