Date

बिहि, पुस ४, २०८१
Thu, December 19, 2024

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आइपियो निष्काशन गर्ने सम्बन्धि सम्झौता

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आइपियो निष्काशन गर्ने सम्बन्धि सम्झौता

काठमाडाैं, २६ मंसिर । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको क्ष्एइ निष्काशन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनी अन्तर्गत विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल बीच आज शेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दछ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ ।

यस कम्पनीको मुख्य उद्देश्य लगानी मूलक हो । यस कम्पनीले हाईड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरु आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा यसै आ.व.मा ३ (तीन) विगाह जमिन समेत खरिद गरेको छ । यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडा स्थित सञ्चालनमा आई सकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।

यस कम्पनीले क्ष्एइ निष्काशन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ ।

कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ र IPO बाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पूँजी पुग्नेछ । कम्पनीले जारी गर्ने शेयर प्रति कित्ता रु. ५० दरको १,९६,००,००० कित्ता हुनेछ । यो कम्पनी गत २ वर्षदेखि संचालन मुनाफामा रहेको छ ।

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको क्ष्एइ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ्ग श्री सविन बुढाथोकीले हस्ताक्षर गर्नु हूँदा दुबै कम्पनीका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x