Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

एडीबीले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबरकाे सहुलियतपूर्ण ऋण तथा अनुदान दिने

एडीबीले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबरकाे सहुलियतपूर्ण ऋण तथा अनुदान दिने

काठमाडाैं, २७ मंसिर । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ ।

 बुधबार अर्थ मन्त्रालय र एडीबीबीच नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झाैतामा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडीबीका नेपालका लागि देशीय प्रबन्धक अर्नाउड कचोइसले हस्ताक्षर गरेका हुन् ।

यसमध्ये १ करोड ५० लाख डलर अनुदान र ११ करोड डलर बराबर ऋण सम्झौता भएको छ। यस आयोजनाबाट किसानले प्रिपेड कार्ड प्रणाली मार्फत उन्नत सिँचाइ प्रविधि प्रयोगबाट आफ्नो खेतको आवश्यकता अनुसार सिँचाइका लागि पहुँच प्राप्त गर्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x