हकप्रद शेयरको लागि नयाँ नेपाल लघुवित्तको बुक क्लोज
काठमाडौं, ३१ असार । हकप्रद शेयर निष्कासनको लागि नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर दर्ता किताब बन्दको मिती तोकेको छ । लघुवित्तले १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
हकप्रद शेयर निष्कासनको प्रयोजनको लागि लघुवित्तले साउन ७ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । साउन ६ गतेसम्ममा लघुवित्तको शेयर किन्ने लगानीकर्ताहरुले हकप्रद शेयरको लागि आवेदन दिन सकिने छ ।
लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ६ करोड रुपैयाँको ६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले हकप्रद शेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्ने छ । लघुवित्तको हाल २ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।