Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आखुखोला जलविद्युतले पायो २० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासनको अनुमती

आखुखोला जलविद्युतले पायो २० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासनको अनुमती

काठमाडौं, ३१ असार । आखुखोला जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि अन्तिम स्विकृती पाएको छ । कम्पनीलाई प्राथमिक शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले स्विकृती दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियहरु र सर्वसाधारणहरुका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई बोर्डले २० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने अनुमती दिएको हो । जसमध्ये कम्पनीले ८ करोड रुपैयाँ आयोजना प्रभावित धादिङ जिल्लाका स्थानियहरुलाई छुट्टाएको छ भने १२ करोड रुपैयाँ सर्वसाधारणहरुको लागि छुट्टाएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको उक्त प्राथमिक शेयर कम्पनीको कुल चुक्ता पुँजीको २५ प्रतिशत हो । क्रम्पनीको हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले ८.४ मेगावाट क्षमताको जलविद्युत आयोजना धादिङ जिल्लामा निमार्ण गर्दैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x