Shangrila

सोमबार अवेर सम्म बैंकले सेवा दिने

काठमाडौं, ३१ असार । आर्थिक वर्षको अन्तिम दिन भोली साँझ अबेरसम्म बैंकहरुले सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक, वित्तलाई असार ३२ गते (भोली) साँझ अबेरसम्म सेवा दिन निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षको अन्तिम दिन भएकाले राजश्व असुली कार्यका लागि राष्ट्र बैंकले साँझ अबेरसम्म कारोबार गर्न निर्देशन दिएको थियो । सोमबार साझ अबेरसम्म बैंक खुलाउन भने पनि कति बजेसम्म खुला गर्नु पर्ने भनेर राष्ट्र बैंकले समय भने तोकेको छैन ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *