Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड

भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड

काठमाडौ,३२ असार । अरनिको राजमार्गको भक्तपुर – काठमाडौ सडक खण्डमा सवारी दुर्घटना बढेपछि सवारी दुर्घटनालाई न्यूनीकरण गर्न भोलिबाट मालबाहक सवारीसाधनलाई टाइम कार्डको लागू गरिेने भएको छ ।

फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि  महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म  टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ ।

यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ ।यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर महाशाखाले बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ । भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख भन्दा बढी सवारीसाधन  सञ्चालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x