Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गंगा नदीको कालुघाटबाट कोसी र गण्डकी नदीमा पानीजहाज सञ्चालन गरिने

गंगा नदीको कालुघाटबाट कोसी र गण्डकी नदीमा पानीजहाज सञ्चालन गरिने

काठमाडौ,३२ असार । भारतको पानि जाहाज प्राधिकरणका अधिकारीहरुले भारतको गंगा नदीको कालुघाटबाट नेपालको कोसी र गण्डकी नदीमा पानीजहाज सञ्चालन गर्न उपयुक्त हुने सुझाब दिएका छन् । हिजोबाट राजधानीमा शुरु भएको हिन्द महासागरबाट भारतीय सीमा हुँदै नेपालका ठूला नदीमा पानीजाहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययनको विषयक छलफलमा उनिहरुले यस्तो सुझाब दिएका हुन ।

नेपालको उर्जा आयोगले  नेपालका ठूला नदीमा  पानीजहाज सञ्चालन गर्न प्राविधिक तथा आर्थिक पक्षलगायतका विभिन्न विषयमा छलफल सुरु गरेको हो । छलफलमा नेपाली टोलीतर्फ जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे र भारतीय तर्फबाट जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्ड नेतृत्वको टीम सहभागी छ । नेपालमा कसरी जल यातायात सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल सुरु भएको नेपाली टोलीका प्रमुख बेल्वासेले जानाकारी दिए ।

नेपालको गण्डकी नदी भारतको गंगा नदीमा गएर मिसिने भएकाले गंगा नदीको कालुघाटबाट नेपालमा पानीजहाज सञ्चालन गर्न भारतले यसअघि नै संरचना बनाएको छ। जुन कार्य पुर्व पराष्ट्रमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीको पालामा प्रस्ताव गरिएको थियो ।भारतीय पक्षकले कुलाघाट सम्म २ हजार टनसम्मका जहाज ल्याउने र सोही स्थानबाट नेपालले ४ र ५ सय टनसम्मका पानीजहाज छिराउन सक्ने ऊर्जा आयोगले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा जाँदा हिन्द महासागरबाट नेपालमा पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो । सोही सम्झौतानुसार नेपालले पानीजहाज सञ्चालन गर्न लागेको हो । प्रमको सो भ्रमणमा भारतीय पक्षले सीमासम्म जहाज ल्याउने सहमति भएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x