Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भक्तपुरमा बाढीपहिरो र डुबानबाट ११ करोड बढीको क्षति  

भक्तपुरमा बाढीपहिरो र डुबानबाट ११ करोड बढीको क्षति  

भक्तपुर, ३२ असार । असार २७ र २८ गते परेको अविरल वर्षाको कारण  भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।

डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव रु तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव रु चार करोड ४६ लाख १३ हजार, अस्पतालमा रु तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा रु तीन लाख, चौपाया र पशुपक्षीमा करीव रु १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको जिप्रकाले जनाएको छ ।

क्षति विवरण अनुशार भक्तपुर नगरपालिका क्षेत्रमा करीव रु तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करीव रु छ करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा रु दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा रु २३ लाख ९८ हजार बराबरको क्षति भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x