Date

शुक्र, माघ ४, २०८१
Fri, January 17, 2025

हरैयाकाे विशेष आर्थिक क्षेत्र सेजलाई पीपीपी माेडलमा सञ्चालन गर्ने तयारी

हरैयाकाे विशेष आर्थिक क्षेत्र सेजलाई पीपीपी माेडलमा सञ्चालन गर्ने तयारी

काठमाडाैं, ४ माघ । सरकारले कैलालीको गोदावरी नगरपालिका – ७ र ८ मा रहेको हरैया विशेष आर्थिक क्षेत्र सेजलाई सार्वजनिक निजी क्षेत्र बिच साझेदारी (पीपीपी) मोडेलबाट सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सेज क्षेत्रको अवलोकन गर्दै प्रारम्भिक काम सकेर पीपीपी मोडेलमा सञ्चालन गरिने बताएका हुन ।

प्रारम्भिक काम सकियो भने चाडै हामी यो लाई पीपीपी मोडलबारे सुरु गर्छौ । ताकि सुदूरपश्चिमका लागानीकर्ताहरुले हाम्रो तोकिएको सीमा क्षेत्र भित्रका ब्लकहरूमा सेजको डिजाइनमा गरिएको डिपीआर अनुसार ब्लक बनाउन सकोस्’ उनले भने ‘त्यो ब्लकलाई भोलि औद्योगिक विकासका लागि क्रमशः भाडामा दिन सकोस् । त्यसको मुनाफा लगानीकर्ताले लान नसकोस् ।

उनले सरकारको बजेट मात्रै पर्खिएर नहुने बताए । उनले भने ‘त्यसैले हामी यतीखेर सरकारको बजेटलाई पर्खिनुभन्दा पनि निजी क्षेत्रको बजेट, बाह्य लगानी, आन्तरिक लगानीबाट पनि अहिलेका पूर्वाधारलाई पनि प्राथमिकतामा राख्ने गरी सरकारले योजना अगाडि बढाएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र कटुवालले इआइएका लागि कागजात वन विभागमा पठाइएकाले स्वीकृत हुने बित्तिकै काम अगाडि बढाइने बताए । उनले सेजको डिपीआर निर्माणका क्रममा रहेको बताए ।हरैयामा सेज निर्माणका लागि केही दिनमै सम्बन्धित सरोकारवाहरु सँग छलफल गर्ने तयारी पनि सरकारले गरेको जनाइएको छ ।हरैया विशेष आर्थिक क्षेत्र ९०० बिघा क्षेत्रफलमा फैलिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x