Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बैंक शाखा विस्तारले औपचारिक अर्थतन्त्रलाई बढावा दिएको छ : अर्थमन्त्री

बैंक शाखा विस्तारले औपचारिक अर्थतन्त्रलाई बढावा दिएको छ : अर्थमन्त्री

काठमाडौं, १ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले ग्रामीण भूभागमा शाखा विस्तार गरेर औपचारिक अर्थतन्त्रलाई बढावा दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नबिल बैंकले दूरगम १२ गाउँपालिकामा विस्तार गरेका शाखाहरुको संयुक्त रुपमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले राज्यको तल्लो तह सबै गाउँपालिकामा बैंकहरुको शाखा पुर्याउने अभियानलाई नबिल बैंकले सहयोग गरेको भन्दै प्रशंशा गरे ।
अर्थमन्त्री खतिवडाले औपचारिक अर्थतन्त्रलाई बढावा दिन निजी क्षेत्रका सबै प्रतिष्ठानहरुले बैंकमार्फत् भुक्तानी अनिवार्य रहेको बताए । ‘बैंकहरुको शाखा सबै गाउँपालिकामा पुर्याउन साउनेदखि आगामी तीन महिनाको समय थप गरिएको छ,’ उनले भने, ‘आगामी पुसदेखि औद्योगिक प्रतिष्ठानहरुले मजदूरको तलबसमेत बैंकिङ प्रणालीमार्फत् दिनुपर्छ, त्यसका लागि बैंकका शाखाहरु तयार हुनुपर्छ ।’
अर्थमन्त्रीले दूरदराजमा सेवा पुर्याउनु बैंकहरुको उत्तरदायित्व भएको उल्लेख गर्दै काठमाडौंमा बसेर मात्र नेपाली हुन नसकिने भन्दै काठमाडौंको सुख दूरदराजमा पुर्याउनुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय विकास सेवा अन्तर्गत मैंले हुम्लामा काम गरेको छ । पूर्व झापाको मान्छे बैंकको शाखा पुर्याउन सुदुरपश्चिम कञ्चनपुरको त्रिभुवनबस्तीसम्म पुगेको छु।’
नबिल बैंकले आलिताल गाउँपालिका–डडेलधुरा, बराहताल गाउँपालिका–सुर्खेत, वित्थडचिर गाउँपालिका–बझाङ, सम्मरीमाई गाउँपालिका–रुपन्देही, तिला गाउँपालिका–जुम्ला, दार्मा गाउँपालिका–सल्यान, पचालझरना गाउँपालिका–कालिकोट, पलाता गाउँपालिका–कालिकोट, पन्चेश्वर गाउँपालिका–बैतडी, रामारोशन गाउँपालिका–अछाम, सायल गाउँपालिका–डोटी, तुर्माखाद गाउँपालिका–अछाममा शाखा विस्तार गरेको छ । दुर्गममा शाखा विस्तारका लागि नबिल बैंकलाई बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोगद्वारा सञ्चालित सक्षम परियोजनाले सहयोग प्रदान गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x