Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिसडोल भरिदा राजधानीको फोहर उठन सकेन

सिसडोल भरिदा राजधानीको फोहर उठन सकेन

काठमाडौ,१ साउन ।  वर्षाका कारण सिसडोलमा फोहोरमाथि बनाईएका सडक हिलो र चिप्लो भएकाले फोहोर बोकेर गएका टिपर उतै अडकिदा  केहि दिन यता राजधानीको फोहर ब्यवस्थापन हुन सकेको छैन । फोहोर लिएर सिसडोल गएका गाडीहरु खन्याएर  राजधानी फर्कन ढिलो भएपछि चोक र घरका फोहोर संकलनमा  समस्या भएको छ ।

बर्षाद सयमा यो समस्या दोहोरिरहने भन्दै सडक बनाउने काम भएको केही दिन भित्र फोहर उठी सक्ने  तर यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले सहयोग गर्नु पर्ने महानगरपालिका बातावरण ब्यवस्थापन विभागका प्रमुख हरी कुवरले बताए ।

३ बर्षका लागि अस्थायी ब्यवस्थापनका लागि सिसडोलमा फोहर संकलन गर्ने भनिएपनि १३ बर्ष भइ सक्दा पनि स्थायी ब्यवस्थपनका लागि बन्चरेडाडामा डम्पिङ्गसाइड निर्माण गर्न नसक्दा सिसडोलको खाल्डो भरिएर पनि थि समस्या पारेको कुवरले बताए ।

गाडीहरु सिसडोलमै फसेपछि काठमाडौं र ललितपुर महानगरको फोहोर संकलन केन्द्र टेकु र बालकुमारीमा पनि फोहोरको थुप्रो लागेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x