२०२६ को जनवरीदेखि अमेरिका डब्लूएचओबाट बाहिरिने निश्चित, अमेरिकी अधिकारीहरूलाई डब्लूएचओको कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन

काठमाडाैं, १३ माघ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सहयोग गर्ने सबैभन्दा ठूलो दाता अमेरिका संगठनबाट बाहिरीने भएकाे छ । जनवरी २० मा अमेरिकी राष्ट्रपतिको सपथ लिएपछि डोलान्ड ट्रम्पले डब्लूएचओबाट अमेरिका निस्किने घोषणा गरे पछि सन् २०२६ जनवरीदेखि अमेरिकाले डब्लूएचओ छोड्ने निश्चित भएको हाे।
संयुक्त राष्ट्रसंघले वासिङ्टनबाट सन् २०२६ जनवरीदेखि अमेरिका ड्ब्लूएचओबाट बाहिरिने भन्दै पत्र पठाएको पुष्टि गरेको हो। ट्रम्पले संगठनबाट निस्किनेमात्र होइन त्यसमा डब्लूएचओको कुनै पनि कार्यका लागि रकम र स्रोत नछुट्याउन निर्देशन दिएकाे बताइएकाे छ।
यस्तै, वासिङ्टनले डब्लूएचओमा कार्यरत सबै अमेरिकी अधिकारीहरु फिर्ता बोलाइसकेको छ भने उनीहरुलाई ड्ब्लुएचओको कुनै पनि गतिविधिमा संलग्न नहुन भनिएको छ।
अमेरिकाकाे बहिर्गमनसँगै यो संगठनले स्वास्थ्य सम्बन्धी गर्दै आएका कयौं कार्यहरु प्रभावित हुने भएको छ।