Date

आइत, माघ २७, २०८१
Sun, February 9, 2025

घुन्सा खोला जलविद्युत आयोजनामा १८ अर्ब लगानीको सम्झौता सम्पन्न, लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तियकरण

घुन्सा खोला जलविद्युत आयोजनामा १८ अर्ब लगानीको सम्झौता सम्पन्न, लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तियकरण

काठमाडाैं, १५  माघ । लक्ष्मी सन्राइज बैंक लि को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बिच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ ।

घुन्सा खोला जलविद्युत आयोजनाले श्रावण ०८, २०७९ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै बैशाख २१, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत उत्पादन कम्पनी लि को संयुतm लगानी ५१ प्रतिशत हुनेछ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तियकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरु बाट लगानी रहने छ । लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तियकरणमा सहभागी अन्य बैंक तथा वित्तिय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि.को ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छरे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेकोछ ।
सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
लक्ष्मी सन्राइज बैंकको बारेमा ।

२०८० साल आषाढ २९ गतेबाट लक्ष्मी बैंक (स्था. इ.स. २००२) र सन्राइज बैंक (स्था. इ.स. २००७) एकआपसमा मर्ज भई लक्ष्मी सन्राइज बैंक लि. को नामबाट “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भई आफ्ना ग्राहकहरुलाई गुणस्तरीय तथा भरपर्दो सेवा सुविधा प्रदान गर्दै आई रहेको छ ।

आजको दिन सम्म लक्ष्मी सन्राइज बैंकको २५४ वटा शाखा कार्यालय, ३२७ वटा ए.टी.एम मेशिन, २७ वटा विस्तारित काउन्टर, १२८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५००० विप्रेषण एजेन्ट लगायत सूचना प्रविधिको क्षेत्रमा समर्पित भई आफ्ना ग्राहकवर्गलाई विस्तृत तथा निरन्तर रुपमा सेवा सुविधा प्रदान गरिरहेको छ । बैंकको गत आर्थिक बर्ष २०८०/८१ मा कुल वासलात ३९५ अर्व रहेकोमा रु.३३३ अर्व निक्षेप तथा रु.२५८ अर्व कर्जा लगानी रहनुकासाथै बैंकको सम्पूर्ण वित्तीय सूचकहरु सकारात्मक रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x