Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

दोस्रो त्रैमासमा १३.५७ प्रतिशतले बढ्याे नागरिक लगानी कोसको खुद नाफा

दोस्रो त्रैमासमा १३.५७ प्रतिशतले बढ्याे नागरिक लगानी कोसको खुद नाफा

काठमाडौं, २४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नागरिक लगानी कोसको खुद नाफा १३.५७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा काेषले ६२ कराेड २२ लाख रूपैयाँ खुद नाफा कमाएकाे हाे ।

गत आर्थिक वर्षको यस अवधिमा काेषले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै यस अवधिमा काेषकाे कुल आम्दानी १२.४३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८०/८१ काे दाेस्राे त्रेमासमा ९२ कराेड ४५ लाख रूपैयाँ आम्दानी गरेकाे काेषले चालु आर्थिक वर्षकाे यस अवधिमा १ अर्ब ३ कराेड रूपैयाँ आम्दानी गरेकाे छ ।

यस अवधिमा बैंककाे ब्याज आम्दानी १५.७६ प्रतिशत, लगानीकाे प्रतिफल २६.९२ प्रतिशत, प्रतिसेयर आम्दानी ६.५७ र प्रतिशेयर नेटवर्थ १३.२७ प्रतिशतले घटेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *