बिहिबार नेपाली बजारमा सुन-चाँदीको मूल्य वृद्धि, सुन तोलामा १,६०० रूपैयाँले महँगियो
काठमाडाैं, २४ माघ । बिहिबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य बढेकाे छ । बुधबार प्रतितोला २ हजार २ सय रूपैयाँ बढेको यसदिन प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहिबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ८० मा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे ।