एन आई सी एशिया बैंकद्धारा ‘मिस्ड कल बैंकिङ्ग सेवा’ संचालन
काठमाडौ,२ साउन । एन आई सीएशिया बैंक लिमिटेडले ‘मिस्ड कल बैंकिङ्ग सेवा’ संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात बैंकका ग्रहाकहरुले अब मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्ने छन् । यस्तै मिनी स्टेटमेन्ट जानकारी लिन मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्ने छन् । यस्तै बैंकले मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैकद्धारा जारि विज्ञाप्तिमा उल्लेख छ ।
हाल बैंकका मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर रहेको र १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. १७६ अर्ब ,कुल निक्षेप करिव १५० अर्ब र कुलकर्जा करिब रू. ११९ अर्ब रहेको बैंकले जनाएको छ ।