Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुकुम्बासी पहिचान हुन नसक्दा बस्तीमा विपदको समस्या

सुकुम्बासी पहिचान हुन नसक्दा बस्तीमा विपदको समस्या

मानमती पाण्डेय

काठमाण्डौ,२ साउन । थापाथली स्थित बागमती नदिको किनारामा त्रिपालले छाएका झण्डै १ सय ५० बढि टहरा जसमा लगभग १ हजार ५ सय को संख्यामा मानिसहरु बसोबास गर्छन । करीव १२ बर्ष देखी सोहि क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार बर्षायाम सुरु भए सँगै बाढिले बगाउला भन्ने त्रासमा जिवन विताइ रहेका छन् । केहि बर्ष पहिले बस्तीमा डोजर चल्दा पुर्नस्थापनाको आश्वासन पाएको बताउछन उनीहरु । तर अहिले सम्म उनिहरुको अवस्थामा केहि परिर्वतन आएको छैन ।

३५ बर्षिया गिता लामा १२ बर्ष देखी ८ जनाको परिवार सहित पाल टाँगेर बसिरहेकी छन् । पानी पर्दा भित्र पानी पस्ने र चुहिएर ओछ्यान भिज्ने त्रासमा रातभरी नसुत्ने बताउछिन् उनी । त्रिपालले छाएको उनको झुपडिमा बर्खामा ओभानो हुन पाउर्दैन । साना काठका टुक्रा र पालहरु जोडेर उनले झुपडि बनाएको तस्विर बाटै स्पस्ट हुन्छ । घाम पर्दा समेत समस्या हुने उक्त झुपडिमा पानि पर्दा राती भाडा थापेर बस्ने गरेको बताइन । उनले भनिन साना बच्चाहरु पानी पर्दा रुन स्ुरु गर्छन। शुक्रबार राति पानी पर्दा बगाउछ भनेर सबै एकै ठाँउ जम्मा भएर जागै बस्यौँ । रात भरी ओभानो ठाउँमा ओछ्यान सराउनै ठिक्क हुन्छ । ठुलो पानी पर्दा वरिपरीको फोहर बगाएर लगे पनि पानीले घरको चुलो समेत नबल्दा बच्चाहरु समेत भोकै बस्नु परेको छ । पानी पर्दा काममा जान सकिदैन । काम नगर्दा भोकै बस्नु पर्छ । भान्सा चुहिन्छ खाना पकाउने दाउरा हुदैन । नदि बस्तीमै पस्छ कि भन्ने डर एकातीर छ ।

बर्षायाममा बाढि पहिरोका कारण बर्षेनि ठुलो धनजनको क्षती हुने गरेको छ । २०६९ साल बैसाख २६ गते सरकारले बल प्रयोग गरेर त्यस क्षेत्रका संरचना भत्काएको थियो । सहरी विकास तथा भवन निमार्ण विभागको २०६९ सालको तथ्याङ्क अनुसार नदि किनाराका २९ वटा बस्तीमा २ हजार १३ परिवार र अन्य स्थानका १७ बस्तीमा ४ सय ६७ परिवारले बसोबास गर्दै आएका छन । सरकारले अव्यवस्थित सहरी बस्ती सुधार गर्ने क्रममा नदि किनारामा बसोबास गरेका सुकुम्बासी परिवारलाई अन्यत्र स्थानान्तरण गरी व्यवस्थित आवास सुधार उपलव्ध गराउने योजना भए पनि हाल सम्म पुरा हुन सकेको छैन ।

सोहि स्थानमा बसोबास गरेकी सुमित्रा परियार भन्छिन सरकारले हामीलाई व्यवस्थापन गर्नु भन्दा समय समयमा सुचना पठाएर दुख दिने र डराउने काम मात्र गरीरहेको छ । उनले भनिन हामिले मजदुरी गरेर पैसा जाडेर बनाएको घर पनि सरकारले भत्काइ दिए पछि हरेक रात नदि बस्तीमा पसेर बालबच्चा बगाउने डरले निन्द्रा लाग्दैन । बर्षामा पानीको बहाव बढे सँगै बागमतीको दुर्गन्धले सताउने गरेको पनि उनले बताइन । किसानलाइ पानि नपरि नहुने तर हामीलाइ पानी परे खान बस्न समेत चिन्ता हुने बताउछिन् ।

सरकारले राष्ट्रिय आवास योजना २०१७ ल्याए पनि सुकुम्बासी व्यवस्थापन अझै अन्योल मै देखीन्छ । सरकारले न्युन आय स्तर भएका व्याक्तिका लागि जग्गा उपलब्ध गराइ भवन गरेको छ । २ सय २० युनिटका २ भवन निमार्ण सम्पन्न भएको काठमाण्डौँ विकाश प्राधीकरणका प्रबक्ता केशव न्यौपानेले बताए । उनले भने ‘बास्तबिक सुकुम्बासी पहिचान भइसकेका छैनन, उनिहरुको बास्तविक पहिचान गरी सहरी गरिव भनेर परिचययत्र उपलब्ध गरी र भनव हस्तान्तरण गरीने छ । ’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x