Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

पोखरा र दुबईबीच प्रत्यक्ष हवाई सम्पर्कको लागि परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच छलफल

पोखरा र दुबईबीच प्रत्यक्ष हवाई सम्पर्कको लागि परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच छलफल

काठमाडाैं, ४ फागुन । परराष्ट्रमन्त्री आरजु राणा देउवा र युनाईटेड अरब इमिरेट्स (यूएई)का विदेश राज्यमन्त्री अहमदबीच भेटवार्ता भएको छ ।

आइतबार ओमानको राजधानी मस्कटमा भएको भेटवार्तामा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको छ ।

उक्त अवसरमा मन्त्री डा. राणाले दुई पर्यटकीय शहरहरू – पोखरा र दुबई बीच प्रत्यक्ष हवाई सम्पर्कको लागि अनुरोध पनि जानकारी दिएकी छिन् । मन्त्री सायेघले भने यूएईको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए ।

उनीहरूबीच दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा समेत छलफल छ । परराष्ट्रमन्त्री राणा ‘आठौं हिन्द महासागर सम्मेलन’ सहभागी हुन गत शुक्रबार ओमान गएकी हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x