६ बर्षमा २३ हजार महिलालाई सिपमुलक तालिम
मानमती पाण्डेय
काठमाण्डौं, ६ साउन । मकवानपुरकी कमला सुवेदी अहिले एक नमुना उद्यमीका रुपमा परिचित छिन् । उनी कृष्टलका गहना बनाउनुका साथै महिलाहरुलाई गहना बनाउन तालिम दिने बरिष्ठ प्रशिक्षकका रुपमा सफल उद्यमी हुन् । स्न २०११ देखी अहिले सम्म उनले २३ हजार महिलालाई सिपमुलक तालिम दिएको सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य हो । धेरै ठाउँबाट तालिमको माग बढ्दै गए पछि उनलाइ यति खेर भ्याइ नभ्याइ छ । उनले अहिले सम्म नेपालका ६० भन्दा बढि जिल्लामा महिलाहरुलाई कृष्टलका सामाग्री बनाउने तालिम दिइसकेकी छिन् । अहिले उनका हेटौडामा युनिक कृष्टल उद्योग र काठमाण्डौँमा सृजनशिल कृष्टल हस्तकला उद्योग संचालनमा छन् । तालिमका शिलशिलामा विभिन्न जिल्लामा जानु पर्ने भएकै कारण उनलाइ उद्योग संचालन गर्ने फुर्सद भने छैन ।
सिलाइ कटाइ देखी आफ्नो करियर सुरु गरेकी उनी थोरै समयमा हस्तकलामा फड्को मार्ने व्यवसायी भित्र पर्दछिन् । २०५२ साल हेटौडामा सिलाइ सिक्न जाने क्रममा खोला तर्न खोज्दा खोलाले बगाए पश्चात नयाँ जिनन पाएको बताउछिन उनी । त्यसै कारण सिलाइ कटाइ छोड्नु परेको उनले सन २०११ मा युथ फेड्रेसन बाट बंलादेश जाने अवसर प्राप्त गरे पछि किष्टलबाट बनेका सामानहरु देखे पछि कृष्टल बाट सामान बनाउने तरिका त्यहि सिकिन । नेपाल फकिए पछि उनले यस सिकाइलाइ नै उद्योगका रुपमा विस्तार गर्ने योजना बनाइन् ।
नेपाल आएर उनले २०७० साल काठमाण्डौमा उनले सिर्जनशिल कृष्टल उद्योग नै खोलीन । उनको उद्योग अहिले निकै फस्टाएको छ । उद्योग मार्फत ४० जनालाई रोजगारी दिएकि छिन् भने गृहणी महिलालाई आत्मनिर्भर बनाउन कृष्टलबाट विभिन्न सामाग्री उत्पादन गर्ने तालिम समेत दिदै आएकी छिन् । घर गृहस्थिमै अल्झीएर बसेका महिलाहरुलाई पनि सिप शिकाएर कच्चा पदार्थ दिइ घरमै बसेर काम गर्न लगाइ ति सामान उनकै उद्योगले खरिद समेत गरिदिने बताइन् ।
युवा स्वरोजगार कोषबाट सहगोग लिइ १० हजाररुपैयाँ लगानीमा शुरु गरेको उद्योग अहिले निकै ठुलो बनेको छ । उद्योग सञ्चालन गर्ने क्रममा उनले ५० जना गृहणी महिलालाई कृष्टल हस्तकलाका सामान बनाउने तालिम दिएकि थिइन । उनको उद्योगमा विशेष गरी महिलाका श्रृङगारमा प्रयोग हुने सामानहरु उत्पादन भइरहेका छन् । कृष्टलबाट बनेका माला, पोते, चुरा, टप, पर्स लगायतका विभिन्न सामाग्री उत्पादन गर्ने गर्छिन । यति मात्र नभइ प्लास्टिक लगायत अन्य उपयोग विहिन बस्तुबाट ५६ प्रकारका सामाग्री उत्पादन गर्ने उनले बताइन् । उनका उद्योमा सस्तोमा ५० रुपैया देखी ३ हजार ५ सय सम्मका कृष्टलका सामानहरु सामानहरु उपलब्ध छन् ।
नेपालमा यस व्यवसायको राम्रो सम्भावना रहेको बताउछिन उनी । उनका उत्पादनहरु नेपालीले मात्र नभएर विदेशी पर्र्यटकहरुले पनि रुचाउने गरेका छन् । पर्यटकहरु नेपालको चिनो भनि आफन्त साथि भाइलाई उपहार स्वरुरुप कृष्टलका सामानहरु लैजाने गरेका छन् । विभिन्न पार्टी तथा समारोह, उत्सव महोत्सवमा विशेष गरी यस्ता उत्पादन हरुको माग बढ्न थालेको छ । एकपटक यो शिप सिकेपछि घरका अरु काम सँगै यसलाई पनि सजिलै निरन्तरता दिन सकिने उनको भनाइ छ । उनी भन्छिन् ‘गफिएर वा टिभी हेरेर बस्नु भन्दा शिप सिकेर आत्मनिर्भर बनि आर्थिक रुपमा सबल बन्नु राम्रो हुन्छ ।’
उनी राम्रो सामान उत्पादन गरीसके पछि बजारको अभाव नहुने बताउछिन् । स्वदेश तथा विदेशमा यस्ता सामाग्रीको माग बढ्दो छ । कृष्टलका सामग्री आर्कषक देखीने र लगाउदा चोरी हुने तथा लुटिने डर नभएकाले सुरक्षित महशुस हुने बताउछिन उनी । यसले महिलालाई आत्म निर्भर बनाइ यसबाट आफ्नो र परिवारको खर्च जुटाउन सकिने उनको बुझाइ छ । आफैले शिप सिकेर आत्म निर्भर बन्न सके घरेलु हिंसा र अन्नयायको सिकार बन्नु नपर्ने उनी बताउछिन् ।
घरेलु तथा साना उद्योगले महिलाहरुलाई आत्मनिर्भर बनाउन संचालन गर्ने तालिममा मुख्य रोजाइकी प्रशिक्षक बनेकि छिन् उनी । हाल सम्म चिन, बंलादेश, भुटान र भारत जस्ता देशमा गइ त्यहाँका मेला महोत्सवमा आफ्ना उत्पादनहरु प्रदर्शन गर्न पनि पुगेकी छिन् । उनले यस व्यवसायबाट राम्रो नाम र दाम कमाएकि छिन । सन् २०१४ मा सरकारले प्रदान गर्ने उत्कृष्ट उद्यमी पुरस्कार जितेकी थिइन ।