Shangrila

नबिल बैंक र एशियन नेट जापान बिचमा विप्रेषण ब्यवसाय सञ्चालन गर्ने सम्बन्धी

काठमाडौं, ६ साउन । नबिल बैंक लिमिटेडले एशियन नेट कम्पनी लिमिटेड जापानसँग विप्रेषणको कारोबारको लागि सहकार्य गर्ने भएको छ । यो सहकार्यको माध्यमबाट जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुन सुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत रकम पठाउन सक्ने जानकारी दिइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जापानको मार्गबाट विप्रेषणको सञ्जाललाई विस्तार गरी र जापानमा रहेका नेपालीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न उक्त सहकार्य गरिएको बताए ।

नबिल बैंक वेष्ट्रन युनियनको नेपालमा रहेको एक मात्र प्रमुख एजेन्ट बैंक हो । र, यसले संसारका विभिन्न देशहरुबाट इन्वार्ड रेमिटेन्सको माध्यमबाट नेपालमा विदेशी मुद«ा भित्र्याई राष्ट्रको अर्थतन्त्रमा योगदान पु¥्याएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *