Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि ट्रेनिङ इन्ष्टिच्यूट संचालनमा

बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि ट्रेनिङ इन्ष्टिच्यूट संचालनमा

काठमाडौं, ६ साउन । बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि बीमा ट्रेनिङ इन्टिच्यूट संचालनमा ल्याइएको छ । उक्त ट्रेनिङ इन्टिच्यूटको आज बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले आफु समिति अध्यक्ष भएका दिन देखि बीमाको दायरा विस्तार, बीमा प्रतिस्ठान स्थापना लगायतका विषयमा आवश्यक गृहकार्य गरिरहेको भन्दै तिनीहरुले विस्तारै मूर्तरुप पाउदै गएको बतए ।

त्यस्तै कार्यक्रममा ट्रेनिङ इन्टिच्यूटका प्रस्तावित अध्यक्ष एवं बीमा समितिका निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादकना लागि सबै कम्पनीहरुसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता जनाए ।

इन्टिच्यूटका संचालका लागि बीमा कम्पनी र समितिले एक करोड रुपैयाँ सिड मनि संकलन गरेका छन् । आज देखि नै पहिलो चरणको १८ दिने प्रशिक्षण कार्यक्रम पनि सुरुबात गरिएको जानकारी दिइएको छ । साथै सेन्टरमा आफ्ना कार्यरत कर्मचारीहरुलाई प्रशिक्षणका लागि पठाई सहयोग गर्न पनि समितिले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x