भेरी बबई डाइभर्सन आयोजनाको कार्य प्रगति ४९ प्रतिशत
काठमाडौ,६ साउन । भेरी बबई डाइभर्सन आयोजनको निर्माण कार्य ४९ प्रतिशत सकिएको छ । ४ जुन २०१५ मा ठेक्का सम्झौता भई गत कात्तिक महिनाको पहिलो साताबाट सुरुङ निर्माण कार्य थालिएको १२ किलोमिटर उक्त बहुउद्देश्यीय सुरुङ निर्माण आयोजनाको कार्य प्रगति ४९ प्रतिशत भएको कार्य सकिकएको हो ।
आयोजनाका निर्देशक शिवकुमार बस्नेतलेका अनुसार आठ महिनामा ४९ प्रतिशत कार्य सम्पन्न भएको छ । आयोजनाको काम सम्पन्न मिति २८ मार्च २०२० भनिए पनि तोकिएको तालिकाभन्दा दुई महिना अघि काम सम्पन्न हुने आयोजनाको भनाइ छ । आयोजनाबाट प्रतिवर्ष रु सात अर्ब आम्दानी हुने भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न भएपश्चात् प्रतिवर्ष रु सात अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ भई त्यसबाट उठ्ने वार्षिक राजस्व रु तीन अर्ब र उत्पादित ४८ मेगावाट जलविद्युत्बाट रु चार अर्ब आम्दानी हुने आयोजनाले जनाएको छ ।