Shangrila

बीरगंज भन्सारमा राजश्व संकलन लक्ष्य भन्दा ३ अर्ब कम  

पर्सा, ६ साउन ।  मुलुककै प्रमुख नाकाको रुपमा रहेको बीरगंज भन्सारमा राजश्व संकलन अघिल्ला बर्षहरुको तुलनमा कम  भएको  छ ।  गएको आर्थिक बर्ष २०७४’०७५ मा लक्ष्य  भन्दा  ३ अर्ब  कम उठेको छ  ।

भंसार कार्यालयका अनुशासार गत  आर्थिक वर्ष २०७४,/०७५ मा १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । तर ९७ दशमलव ४८ प्रतिशत अथर्तात् १ खर्ब ३१ अर्ब ३१ लाख ७ हजार रुपैयाँ उठेको छ । यो राजश्व संकलन आर्थिक वर्ष २०७३, ०७४ मा भन्दा कम हो ।

भन्सार कार्यालयले अन्तशुल्क भने लक्ष्य भन्दा बढी राजस्व संकलन भएको जनाएको छ । भन्सारले १२४ दशमलव ८१ प्रतिशत अर्थात २२ अर्ब ९३ करोड, १० लाख ९३ हजार राजस्व संकलन गरेको हो ।अन्तःशुल्कमा १८ अर्ब ३७ करोड ३२ लाख ६३ हजार लक्ष्य थियो ।  भन्सार महशुल र मूल्य अभिवृद्धि करमा भने लक्ष्य भन्दा कम राजस्व असुली भएको छ ।  भन्सार महशुलतर्फ ८३ दशमलव ९३ प्रतिशत अर्थात् ५६ अर्ब, ६३ करोड, ३० लाख ६९ हजार लक्ष्य दिएकोमा ४७ अर्ब ५३ करोड, ११ हजार मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *