Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अबैध रुपमा भित्रिने कपडा टेक्स्टायलबाट राज्यलाई अर्बौ रुपैयाँ नोक्सानी

अबैध रुपमा भित्रिने कपडा टेक्स्टायलबाट राज्यलाई अर्बौ रुपैयाँ नोक्सानी

काठमाण्डौँ, साउन अबैध रुपमा चोरीपैठारी भइ मुलुकमा भित्रिने कपडा टेक्स्टायल बाट सरकारले  अर्बौ रुपैयाँ राजस्व गुमाइरहेको  नेपाल धागो उत्पादक संघले  वार्षिक ४५ करोड मिटर टेक्स्टायल खपत हुने जसमध्ये ३५ करोड मिटर अबैध रुपमा मुलकमा भित्रिने गरेको बताएको   संघले राजधानिमा गरेको अन्तरक्रिया कार्यक्रमा संघका अध्यक्ष  पवन गेल्याणले मुलुकमा खुला सीमा भएको कारण चोरीछिपी ल्याउने तथा भन्सारमै न्यूनबिजकीकरण गर्ने लगायतको कारण अबैध रुपमा ठूलो परिमाणमा मुलुकमा धागो भित्रिरहेको बताए  यसबाट सरकारले अबौ रुपैयाँ बराबरको राजस्व गुमाइरहेको उनको भनाइ   

 १५ अर्ब रुपैयाँ लगानी रहेको नेपाली धागो उद्योगका लागि विदेशबाट कच्चा पदार्थ आयत गरी स्वदेशमा धागो उत्पादन भइरहेको उद्योगले हाल १० हजार बढिलाई रोजगार दिएको यसको भ्यालु एडिशन कम्तिमा पनि ५० प्रतिशत रहेको  संघले जनाएको हाल मुलुकमा ठूला टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन् जसमा ज्योति स्पीनीङ मिल्सले क्षमताको १० प्रतिशत मात्रै उत्पादन गरिरहेको टेक्स्टायल तथा धागो उद्योग अन्तर्गत कपडा, होजियरी, निटिङ लगायतका उद्योगहरु पर्दछन् अहिले चीनबाट समेत विभिन्न किसिमका कपडा मुलुकमा आयात भइरहेको ।संघको अनुसार हाल मुलुकमा कटन धागोबाट कपडा उत्पादन गर्ने कारखना थपिएको छैन आयात भने प्रतिवर्ष बढिरहेको अवस्था भन्सारको कमजोरिको कारणले गर्दा अहिले मुलुकमा स्वदेशीभन्दा विदेशी धागोको प्रयोग बढेको हो चीन भातरबाट अबैध रुपमा आयात हुने धागोको कारण प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उत्पादनको ८० प्रतिशत धागो निर्यात गर्नु पर्ने अवस्था रहेको

यस्तै नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्र लाहियाले भारतसँगको खुला सिमानाले अवैध धागो आयात बढ्दै गएको   त्यस्तो धागो नेपालमा डम्पिङ हुँदा स्वदेशी उद्योग धराशायी बन्दै गएको बताए उनले भनेभारतबाट न्यून बिजकीकरण चोरीपैठारी भएर धागो भित्रिरहेको चोरीपैठारी निरुत्साहित गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पटकपटक लिखित तथा मौखिक रूपमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि  समस्या समाधान हुन सकेको छैन

धागो निर्यातमा चीनले १७ प्रतिशत, भारतले देखि आवश्यकता अनुसार १० प्रतिशत अनुदान दिइरहँदा नेपालले पनि अनुदान बढाउन पर्ने धागो व्यवसायीहरुको जोड कानूनी प्रक्रियाभन्दा बढी अवैध रुपमा नेपालमा टेक्स्टाइल आयात हुनेगरेको धागो व्यवसायीहरुले बताएका छन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x