Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आगामी बजेट तयारीमा प्रधानमन्त्री, आज सबै मन्त्री र सचिवसँग बजेटबारे परामर्श लिदै

आगामी बजेट तयारीमा प्रधानमन्त्री, आज सबै मन्त्री र सचिवसँग बजेटबारे परामर्श लिदै

काठमाडौं, २८ चैत । आगामी बजेट २०८२/८३ को लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट तयारीबारे छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीले आगामी बजेट तयारी बारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे कार्यक्रम तय गरेका छन् ।

प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।

सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x