मोरङ र रोप्पामा जनता बैंकका २ शाखाँ थपिए
काठमाडौं,१५ साउन । जनता बैंकले मोरङ र रोल्पामा गरि थप दूई नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । बैंकले बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमा दुइखुली शाखा गरि दूई नयाँ शाखा संचालनमा ल्याएको हो । थप शाखा समेत गरी अब जनता बैंकको देश भरीमा १२१ सञ्जाल पुगेको छ भने, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ बैंकले जनाएको छ ।