९ महिनामा साढे १८ अर्ब बराबरको झन्डै आठ हजार विद्युतीय सवारी नेपाल आयात

काठमाडाैं, ८ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा नेपालमा झन्डै आठ हजार विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा विश्वका विभिन्न देशहरूबाट ७ हजार ९६७ वटा ईभी नेपाल भित्रिएका छन्, जसको मूल्य करिब १८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ बराबर रहेको छ। सोही अवधिमा सरकारले ११ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।