Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

९ महिनामा साढे १८ अर्ब बराबरको झन्डै आठ हजार विद्युतीय सवारी नेपाल आयात

९ महिनामा साढे १८ अर्ब बराबरको झन्डै आठ हजार विद्युतीय सवारी नेपाल आयात

काठमाडाैं, ८ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा नेपालमा झन्डै आठ हजार विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा विश्वका विभिन्न देशहरूबाट ७ हजार ९६७ वटा ईभी नेपाल भित्रिएका छन्, जसको मूल्य करिब १८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ बराबर रहेको छ। सोही अवधिमा सरकारले ११ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

विशेषगरी चीन, भारत, कोरिया, अमेरिका र जर्मनी लगायतका देशहरूबाट यी सवारीसाधनहरू नेपाल भित्रिएका हुन्। चैत महिनामा मात्र ८७८ वटा ईभी आयात हुँदा १ अर्ब ९७ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै फागुनमा ८३३ वटा (१ अर्ब ८९ करोड ९३ लाख), माघमा ७७६ वटा (१ अर्ब ६४ करोड २३ लाख), पुसमा ७८३ वटा (१ अर्ब ८३ करोड ५९ लाख), मंसिरमा १ हजार २१० वटा (२ अर्ब ९० करोड ११ लाख), कात्तिकमा ९६९ वटा (२ अर्ब २५ करोड ४८ लाख), असोजमा ९१६ वटा (२ अर्ब २८ करोड ८५ लाख), भदौमा १ हजार २२१ वटा (२ अर्ब ९३ करोड ४ लाख) र साउन महिनामा ३८१ वटा (८९ करोड ९७ लाख) ईभी नेपाल भित्रिएका थिए।

हाल मासिक औसतमा करिब ८८५ वटा विद्युतीय सवारी नेपाल भित्रिने गरेको देखिन्छ। सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न कर संरचना सहज बनाएको छ, जसले गर्दा आयात तथा प्रयोगमा वृद्धि भएको हो। हरित ऊर्जा प्रवर्द्धन गर्ने सरकारको नीतिका कारण विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ, जसले देशमा हरित यातायात प्रणालीको सम्भावना बलियो बनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x