Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

टीभीएस एक्सचेन्ज मेनियाः पुरानोसँग नयाँ बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

टीभीएस एक्सचेन्ज मेनियाः पुरानोसँग नयाँ बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

काठमाडौं, ९ वैशाख । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर टीभीएसका नयाँ सवारी खरिद गर्न सकिने भएको हो ।

काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै आयोजना हुने यो ‘एक्सचेन्ज मेनिया’ वैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने होस वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गरी नयाँ सवारी दिनेछ ।

कम्पनीका अनुसार पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन गरिने छ । साथै ,जस्तोसुकै कन्डिसनको बाइक तथा स्कुटरमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन गरी थप छुट र विशेष अफरहरू उपलब्ध गराइने कम्पनीको भनाई छ ।

विशेष मोडलहरूमा ० प्रतिशत ब्याजदरमा फाइनान्सको समेत सुविधा रहेको जगदम्बा मोर्टसले जनाएको छ । कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, र फ्रि एक्सेसरिज अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायतका सुविधा पाउनेछन् ।

त्यसैगरी, टीभीएसले आफ्ना सवारीहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था समेत गरेको छ । नयाँ दुई पाङ्ग्रे सवारी खरिद गर्नेहरू लागि सुनौलो अवसरको रूपमा हेरिएको यो एक्सचेन्ज कार्यक्रममा उल्लेखिय ग्राहकको सहभागिता हुने अपेक्षा कम्पनीले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *