डिलर नेटवर्क विस्तारमा एमएडब्लु वृद्धि उत्कृष्ट, जित्यो चांगानको प्रतिष्ठित अवार्ड

काठमाडौं, ९ वैशाख । नेपालका लागि चांगान र दिपल ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ हात पारेको छ।
डिलर नेटवर्कको विकास र विस्तारमा उत्कृष्ट कार्य गरेको भन्दै एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजित भव्य समारोहमा यो सम्मान प्रदान गरिएको हो।
चांगान अटोमोबाइलले ग्राहक सेवालाई प्रभावकारी बनाउन र आफ्नो ब्रान्डलाई नेपाली बजारमा बलियो उपस्थिति गराउन एमएडब्लु वृद्धिले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेको छ । कम्पनीले छोटो समयमै देशभर डिलरहरूको बलियो सञ्जाल निर्माण गरी ग्राहकहरूलाई सहज पहुँच प्रदान गरेको छ ।
विशेषगरी दिपल ईभीको नेपाल प्रवेश र त्यसको तीव्र विस्तारमा एमएडब्लु वृद्धिले गरेको लगानी र प्रयास प्रशंसनीय रहेकाे बताइएकाे छ । एक वर्षभित्रै ८०० भन्दा बढी गाडी बिक्री गर्नु र १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना गर्नुले एमएडब्लु वृद्धिको व्यावसायिक क्षमता र प्रतिबद्धतालाई स्पष्ट पार्दछ।
यसअघि पनि कम्पनीले दिगो ऊर्जा र वातावरणमैत्री यातायातको क्षेत्रमा गरेको योगदानमार्फत चांगानबाट ‘सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड’ प्राप्त गरिसकेको छ । यो पछिल्लो सम्मानले एमएडब्लु वृद्धि थप उत्साहित भएको र भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल नेपालमा दिपलका एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् ।