१२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको कुल सम्पत्ति, ७२ खर्ब नाघ्याे

काठमाडौं, ११ वैशाख। नेपाल राष्ट्र बैंकका अनुसार नेपालको वित्तीय प्रणालीमा सम्पत्ति र दायित्वको हिसावले अगाडी रहेको वाणिज्य बैंकहरुको सम्पत्ति एक वर्षको अवधिमा १२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले वित्तीय स्थायित्व २०२३/२४ को प्रतिवेदन सार्वजनिक गर्दै समिक्षा वर्षको अवधिमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति १२.०१ प्रतिशतले वृद्धि भई ६४ खर्ब ६५ अर्ब ९४ करोडबाट ७२ खर्ब ४२ अर्ब ७४ करोड पुगेको बताएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्तिमा वाणिज्य बैंकहरूको हिस्सेदारी २०७९ साउनमा ८८.६८ प्रतिशतबाट २०८० साउनमा थोरै बढेर ८९.०७ प्रतिशत पुगेको छ । वित्तीय प्रणालीमा वाणिज्य बैंकहरूले प्रमुख स्थान ओगटेका छन् । वाणिज्य बैंकहरूको कुल सम्पत्तिमा सरकारी स्वामित्व भएका बैंकहरूको हिस्सा प्रमुख रूपमा १६.६९ प्रतिशत रहेको छ ।
समीक्षा वर्षको अवधिमा नेपालका तीन वटा सरकारी बैंकहरू नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको कुल सम्पत्ति देशको कुल ग्राहस्थ उत्पादनको २१.१९ प्रतिशत पुगेको थियो ।