आममाफीको प्रक्रियामा सहभागी हुन नेपाली दुतावासको आग्रह
काठमाडौं,१६ साउन । युनाइटेड अरव इमिरेट सरकारले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाका लागि दिएको आममाफीको समय आज देखि सुरु भएको छ ।अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक आफ्नो देश फर्कन पाउने छन् ।
यसैबीच नेपाली दुतावसले एक विज्ञाप्ति जारी गर्दै युएइ सरकारले दिएको अवसरको उपयोग गर्न आग्रह गरेको छ ।भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छदूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।